आज :

ताजा समाचार



काँक्रो खेती गर्ने तरिका, प्रबिधी र जानकारी (भिडियो सहित) हेर्नुहोस

  पुरुषोत्तम ढकाल    १८ बैशाख २०७७, बिहीबार २०:१६      306 Views

काठमाडौँ:  काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो। यो कुकुरविटासी परिवारमा पर्दछ।

काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ। अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन।

यसलाई लामो समयसम्म न्यानो तापक्रमको आवश्यक पर्दछ। काँक्रो तराईमा माघ, फागुनमा रोपिन्छ भने बेमौसमी खेतीका लागि पुसमा बेर्ना तयार गरी रोपिन गर्दछ।

मध्य पहाडमा फागुन, चैतमा रोपिन्छ भने उच्च पहाडमा वैशाखदेखि जेठसम्म काँक्रो रोपिने गर्दछ। यो धेरै जातका हुन्छन्।

तीमध्ये कुनै ४५ दिन भित्र र कुनै ६०-६५ दिन भित्र फल्दछ। काँक्रो १२ सेमिदेखि ४५ सेमिसम्म लामो र ५ देखि १५ सेमिसम्म गोलाइ भएको पाइन्छ।

काँक्रो खेती गर्ने तरिका र प्रबिधी सम्बन्धी जानकारीको लागि तलको भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस