आज :

ताजा समाचार



तोप चराको चुलबुल (फोटो फिचर)

  पुरुषोत्तम ढकाल    १८ बैशाख २०७७, बिहीबार १६:२१      161 Views

काठमाडौं:  लकडाउनका कारण मानव जाति हिजोआज घरबाहिर निस्कन पाएका छैनन् । पाँच हप्ताभन्दा धेरै भयो मुलुकमा लकडाउन सुरु भएको । लकडाउनको समयमा मान्छे बाहिर निस्कन नपाए पनि स्वच्छन्द पन्छीहरूको उडान रोकिएको छैन ।

कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको प्रभाव चराचुरुङ्गी वा पशुपन्छीमा प्रत्यक्षतः पर्दैन । उनीहरू प्रकृतिमा आफ्नै ढंगले जीवननिर्वाह गरिरहेका हुन्छन् । बिहिबार कीर्तिपुरको भत्केपाटी पुग्दा तोप चराहरू गुण वरपर खेलिरहेका थिए ।

भँगेरा आकारको यो चराको गुण निकै राम्रो र कलात्मक पनि देखिन्छ । बस्तीबीचका दुईवटा रुखमा ६ वटा गुण बनाएर बसेका तोप चरा, कहिले गुणबाट बाहिर उड्ने, कहिले गुणतिर फर्किने गरेर रमाइरहेको थियो ।

हेर्नुहोस् तस्वीरहरू:

प्रतिक्रिया दिनुहोस