आज :

ताजा समाचार



चालु आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन खुम्चिने प्रक्षेपण

  पुरुषोत्तम ढकाल    १८ बैशाख २०७७, बिहीबार १५:२५      55 Views

काठमाडौं: सरकारले चालु आर्थिक वर्षमा कृषिक्षेत्र तर्फको उत्पादनमा कमी आउने प्रक्षेपण गरेको छ ।
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार कुल ग्राहस्थ उत्पादनमा २८.५४ प्रतिशत हिस्सा रहेको कृषि क्षेत्रको उत्पादन २.५४ प्रतिशत मात्र रहने प्रक्षेपण गरिएको हो ।
विभागका अनुसार धान उत्पादनमा आएको कमिले यसको कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान खुम्चिने विभागले आंकलन गरेको छ । यस क्षेत्रको उत्पादनमा कमी आएपनि ऋणत्मक भने नहुने विभागले जनाएको छ ।
विभागका अनुसार विद्युत, पानी र ग्यासको योगदान यस वर्ष २८.७५ पुग्ने अनुमान विभागले गरेको छ । गत वर्ष यस क्षेत्रको योगदान १.४१ रहेको थियो ।

त्यसैगरी, वित्तीय मध्यस्थतामा ६.६२ बाट ५.१५, रियल स्टेट तथा व्यावसायिक क्षेत्र ११.८५ बाट ३.२५, सार्वजनिक प्रशासन तथा रक्षा ३.१७ रहेकोमा ५.९१ पुग्नेछ ।
शिक्षा ७.६७ बाट ४.८८, थोक खुद्रा व्यापार १३.८९ बाट २.११ प्रतिशतमा झर्ने विभागले जनाएको छ । तर यी सबै धनात्मक रहनेछन् । त्यस्तै, स्वास्थ्य तथा सामाजिक कार्य १.८६ बाट ७.०७ धनात्मक हुने विभागको भनाइ छ ।
केही क्षेत्र ऋणात्मक भएपनि केही क्षेत्र धनात्मक हुँदा जिडिपीको वृद्धिदर ऋणात्मक हुनबाट जोगिएको छ । विभागका अनुसार यस वर्ष धेरै जसो क्षेत्र ऋणात्मक हुने अनुमान गरिएको छ ।
यस वर्ष खानी तथा उत्खननको योगदान ०.६९ प्रतिशतले ऋणात्मक हुने भएको छ । गतवर्ष यसतर्फको योगदान ०.५५ रहेको थियो । त्यसैगरी, होटेल रेस्टुरेन्ट १६.३० प्रतिशत, पर्यटन आगमनमा १३.८२ प्रतिशत, उद्योग क्षेत्रको २.२९ प्रतिशत थियो ।
यस क्षेत्रमा गत वर्ष ५.९ प्रतिशत योगदान रहेको थियो । त्यस्तै, निर्माण ३१, यातायात, सञ्चार तथा भण्डारण २.४५ प्रतिशत ऋणात्मक हुने आँकलन गरिएको छ ।
यसरी विभिन्न क्षेत्र ऋणात्मक हुँदा आर्थिक वर्षमा आर्थिक वृद्धिदर पनि खुम्चिने प्रक्षेपण गरेको छ । विभागका अनुसार यस वर्ष सेवा क्षेत्रको योगदान १.१९ प्रतिशतमा खुम्चिने भएको छ । द्वितीय क्षेत्रको योगदान ३.३७ प्रतिशत र प्राथमिक क्षेत्र २.२७ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।
विभागका अनुसार यस वर्ष २.२७ प्रतिशतमा आर्थिक वृद्धिदर सिमित हुनेछ । सरकारले बजेटमार्फत ८.५ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो ।

प्रतिक्रिया दिनुहोस