आज :

ताजा समाचार



मकैको बीउमा किसानलाई ठग्दै मण्डनदेउपुरका वडाअध्यक्ष

  पुरुषोत्तम ढकाल    १५ बैशाख २०७७, सोमबार ११:५४      128 Views

काभ्रे: लकडाउनको समयमा मकैको बिउ सटेज हुन्छ भनेर त्यसको फाइदा जनप्रतिनिधीले नै उठाउन थालेको र मकैको बीउमै ठगी गरेको गुनासो स्थानीयले गर्न थालेका छन् ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं १२ का अध्यक्ष गोविन्द प्रसाद पराजुलीले एक पोका मकैमा दुई सयभन्दा धेरै लिएको आरोप स्थानीयले लगाएका छन् । किसानलाई उन्नत जातको मकैको बीउमा वडा अध्यक्ष पराजुलीकै सेटिङमा एक पोका मकैमा दुई सय रुपिया धेरै लिएको आरोप स्थानीयको छ ।

अघिल्लो बर्षहरुमा काभ्रेको पाँचखाल, मण्डनदेउपुर, भुम्लु र सिन्धुपाल्चोकको चौतारा र सुनकोशी गाउँपालिकामा राम्रो उत्पादन भएपछि किसान सिपी ८०८ मकैको बीउमा आकर्षित भएका छन् । अहिले मकैको बिउ किन्नको लागि किसानहरुलाई धेरैनै समस्य भएको पाईन्छ ।

नेपाली काँग्रेसबाट निवार्चित वडाध्यक्ष पराजुलीकै सेटिङमा वडा सदस्य नारायण पराजुली, सानडिही दुध संकलन केन्द्रका सचिव, ठुलढिही दुध संकलन केन्द्रका सचिव, भतेरे डेरीका सचिवको मिलोमतोमा मकैको बीउमा अनियमिता भएको स्थानीयको आरोप छ ।

विश्वनै कोरोनाको प्रकोपमा परेको समयमा हजारौ रुपिया कमाउने नाममा मकैको बीउमा रकम समेत उल्लेख नगरि बिक्री भएको उनीहरुको आरोप रहेको छ । सो मकैको बीउ बनेपाबाट दुइ हजार एक सयमा बनेपाको सांग्रिला एग्रेभेटबाट ल्याएर दुई हजार तीन सयमा बिक्री गरेको स्थानीयको आरोप छ ।

उनीहरुले मण्डनदेउपुर १२ र भुम्लुका विभिन्न वडा तथा सिन्धुपाल्चोकसम्म बिक्री गरेको खुलेको छ । एक प्याकेटमै २ सयका दरले नाफा खाएका उनीहरुले चार हजार प्याकेट मकैको बिक्री गरेको स्थानीयहरुको आरोप रहेको छ । यसरी वडाअध्यक्षकै संरक्षणमा कालोबजारीले प्रोत्साहन पाएको स्थानीयहरुले बताएका छन्  ।

किसानलाई तीन महिनाको लागि उधारो मकै बितरण गरिएको मण्डन देउपुर नगरपालिका वडा नं १२ का अध्यक्ष गोविन्द प्रसाद पराजुलीको भनाई छ । किसानलाई यो समयमा मकै बो बीउ समस्या हुन्छ भनेर धेरै खरिद गरेर ल्याएर बितरण गरिएको वडा अध्यक्ष पराजुलीले बताए ।

खरिद मुल्य २१ सय ५० तिरेर मकै बीउ ल्याएको २३ सयमा किसानलाई बिक्रि गरिएको वडा अध्यक्ष पराजुलीले स्वीकारे । तीन महिनालाई उधारो दिदा मलाई कति ब्याज घाटा हुन्छ तपाई आफै भन्नुस पछि गाउँको केहिले मकै ल्याएर सस्तोमा बिक्रि गर्न लागेपछि यस्तो कुरा बाहिरा आएको वडा अध्यक्ष पराजुलीको भनाई छ ।

बनेपाको साग्रिला एग्रोभेटवाट उनीहरुले २१ सयमा मकै ल्याएको स्थानीयले बताए पनि उनले २१ सय ५० तिर्नुपरेको बताए । सो मकै स्थानीय रुपमा व्यापार गर्ने आरजु एग्रोभेटले दोलालघाटमा ल्याएको हो । सो एग्रोका संचालक वडाअध्यक्ष पराजुली हुन् । सो एग्रोबाट वडासदस्य नारायणप्रसाद पराजुली र दुध सहकारीका सचिव प्रविण पराजुली र नवराज पराजुलीले २३ सय रुपियामा मकैको बीउ बेचर ठगेका हुन् ।

अरु स्थानीय सरकारले सस्तोमा बीउ दिएको समयमा जनप्रतिनिधीबाटै धेरै मूल्यमा लिएर ठगिनु लज्जाको बिषय रहेको स्थानीयहरु भन्न थालेकाछन् ।

प्रतिक्रिया दिनुहोस