आज :

ताजा समाचार

कैलालीकी एक महिलामा काेराेना सङ्क्रमणको पुष्टि

  पुरुषोत्तम ढकाल    १ बैशाख २०७७, सोमबार १२:०५      612 Views

कैलाली: कैलालीको लम्की चुहा नगरपालिका १ की एक महिलामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको सडकपेटीमा चुरा पोते बेच्दै आएकी ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
वीरगञ्जबाट गएको चैत ९ गते घर आएकी उनी १२ देखि २९ गतेसम्म कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वरेण्टीनमा बसेकी थिइन् । १७ दिन क्वरेण्टीनमा बस्दा पनि कुनै लक्षण नदेखिएपछि २९ गते उनलाई घर पठाइएको थियो । तर सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि अहिले उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउन स्वास्थ्यकर्मीको टोली गएको छ ।
सेती प्रादेशिक अस्पतालमा अहिले चार जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ, जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बाँकी १२ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस