काठमाण्डौः नयाँ वर्षमा सबैमा बेग्लै उत्साहको सञ्चार हुन्छ । नयाँ कामको योजना बनाउने र संकल्पसहित अगाडि बढ्नको लागि धेरैले यही समय रोज्छन् । म्यासेज फ्रम रामहरिले पनि यहि नयाँ वर्ष २०७७ बैशाख १ गतेलाई नै रोजेको छ।
हरेक बर्ष पुरानो क्यालेन्डर च्यातेर नयाँ पाना पल्टाँउदा नयाँ पानाहरु संगै कयौ नयाँ अवसर र आशाहरु पनि देखा पर्छन् ।
यी बर्षहरु भनेका हाम्रो लागि किताबका नयाँ अध्यायहरु जस्तै हुन् यस अध्यायमा हामीले जे चाह्यो त्यहि लेख्न सक्छौ।
आँउदा अध्यायहरु पनि पढ्न अनि पल्टाउन बाँकी उत्साहजनक पानाहरु जस्ता हुन् । लेखिन बाँकी कापीका सादा पानाहरु जस्ता जहाँ दिनहरुले अनि महिनाहरुले बाँच्दै जाँदा अनि हाँस्दै रुदै जाँदा अनुभवका अक्षरहरु भर्दै जान्छन् ।
म्यासेज फ्रम रामहरि लाई सस्क्राइब गर्नको यहा क्लिक गर्नुहोला।
नयाँ बर्ष २०७७ साललाई खुशी र उमंगको बर्षको रुपमा प्रस्तुत गर्ने क्रममा Message From Ramhari ले केहि गर्दै छ ।
निराशा होइन, आशावादी बन्नु र विनाश होइन विकासको विगुल फुक्न हामि नेपालि क्रियाशील बन्नुपर्छ भन्ने Message From Ramhari को प्रमुख उद्धेश्य रहेको छ ।
Message From Ramhari ले अनलाइनको दुनियाँमा फरक प्रस्तुति दिने जमर्को राखेको छ । समाजमा प्राय: नकारात्मक र रमाईलोका लागि मात्र बनाईएका भिडियोले Trending (ट्रेण्डिङ्ग) को स्थान पाईरहने र बर्तमान समयमा नेपालीहरुले आफुमा रहेको आशा र भरोसा टुटाएका बेला केहि सकारात्मक उर्जा प्रदान गर्ने हाम्रो प्रमुख उद्धेश्य रहेनछ ।