आज :

ताजा समाचार

काठमाण्डौ कोरिया काठमाण्डौ चार्टर उडान सम्बन्धी सोध पत्र सार्वजनिक

  पुरुषोत्तम ढकाल    ३० चैत्र २०७६, आईतवार १७:३०      922 Views

काठमाण्डौः  कोरोनाको कारणले गत मार्च १६ देखी कोरिया नेपाल जाने र मार्च २३देखी नेपालबाट बाट कोरिया आउने सबै उडानहरु बन्द भए संगै कर्म भुमिबाट बिदा जानु भएर नेपालबाट आउन नपाएर अनी कर्म भुमिबाट आफ्नो मात्री भुमी फर्कन नपाएर सबैलाई पिडा बोध भईरहेको बेला थोरै भए पनि सानो राह्त दिलाउन सकिन्छ छ कि भनेर सोधपत्र बनाइएको हो।
नेपालमा लकडाउन र अन्तरराष्ट्रिय उडान बन्द भएर समयमा आउन नसकेर धेरै साथीहरुलाई कम्पनीले निकाल्ने र कतिको भिसा नथपीदिने आदी समस्याले केही बिकल्प खोजिदिनु हुन धेरै जनाले अनुरोध गरेकाले सरकारका सम्बन्धित निकाय अनी एयरलाइन्ससंग छलफल गरी नेपाल सरकारको अन्तरास्ट्रीय उडान अप्रिल ३० सम्म बन्द गरे सगै नयाँ सुचना नआउन्जेल मे भरिकै सबै उडानहरु एयरलाइन्सले क्यान्सिल गरी सकेका छन।
यो परिस्थितीमा चार्टर पनि सजिलो भने नभएको र हुन गए पनि धेरै नै महँगो पर्ने भएकोले अन्तिम निर्णय गर्नका लागि वास्तविक उडान भर्न सक्ने मानिसहरुको संख्या अनिवार्य भएकोले त्यो अनुसार बांकी प्रक्रिया अगाडि बढाउनका लागि यो सोध पत्र निर्माण गरीएकाे छ । दोस्रो मह्त्वपूर्ण कुरा जांदा आउंदा दुबइतर्फ यात्रुहरु लिएर जानसके केही सस्तो पर्छ भने कोरिया बाट खाली गएर एकतर्फी उडान गर्दा भाडादरको निर्धारण झन जटिल र महंगो पर्न जाने हुन्छ। यि सबै कुराहरुलाई मध्यनजर राख्दै दुई वटा मितिहरु बिकल्पमा राखेका छन।  तलको लिन्क थिचेर सोधपत्र भरेर पठाउनुहोला। https://forms.gle/VMpp1X5qrkmX6aBC6 यो सर्बे अप्रिल १४ सम्म गरिने जनाइएकाे छ।


प्रतिक्रिया दिनुहोस