आज :

ताजा समाचार

कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न सकेन, स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

  पुरुषोत्तम ढकाल    २६ चैत्र २०७६, बुधबार १२:०५      831 Views

सुर्खेत: कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न नसकेपछि अन्यत्र पठाउन थालिएको छ ।
कर्णालीमा संघीय सरकारले पठाएको कोरोना भाइरसको स्वाब परीक्षण गर्ने मेसिनले भार धान्न नसक्दा स्वाब काठमाडौं पठाउन थालिएको हो ।
मंगलबार मात्र १५ वटा स्वाबको नमूना काठमाडौं पठाइएको प्रदेश अस्पतालस्थित कोरोना परीक्षण प्रयोगशालाले जनाएको छ ।
सुर्खेतमा रहेको मेसिनले दैनिक १२ वटासम्म स्वाब परीक्षण गर्ने गरेको छ । कर्णाली प्रदेशमा मेसिन आएपछि हालसम्म ६२ जनाको स्वाव परिक्षण गरिएको छ ।
अहिलेसम्म सवै परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सुदुरपश्चिम प्रदेशमा भारतबाट भित्रिएका युवामा कोरोनाको संक्रमण देखिएपछि कर्णाली प्रदेशमा पछिल्लो समय स्वाब संकलन दोब्बर भएको छ ।
प्रदेश अस्पतालमा रहेको मेसिनले परीक्षणमा ढिलाइ भएपछि नतिजा छिटो आओस भनेर काठमाडौं पठाइएको प्रयोगशाला व्यवस्थापनका फोकल पर्सन ओम आचार्यले जानकारी दिए ।
सुर्खेतमा बिहीबारदेखि पीसीआर परीक्षण सुरु गरिएको हो ।


प्रतिक्रिया दिनुहोस