काठमाडौं: कोभिड-१९ को महामारीका कारण तत्काल स्वास्थ्य समस्या भएका मुलुकहरुलाई सहयोग गर्ने उद्देश्यले विश्व बैंक ले मार्च १७ मा पारित गरेको फास्ट-ट्र्याक फेसिलिटी (एफटिएफ) उपलब्ध गराउने घोषणा गरेको थियो ।
जसअन्तर्गतको पहिलो चरणमा अप्रिल २ मा २५ वटा मुलुकहरुलाई १९ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराएको छ ।
त्यसैगरी विश्व बैंकले विश्वभर १७ अर्ब अमेरिकी डलर बराबरको महामारीलगायतका विपदका विषयमा सहायता उपलब्ध गराउने विषयमा काम भइरहेको जनाएको छ ।
पहिलो चरणको सहायता पाउनेमा दक्षिण एसियाका नेपाल र भुटानबाहेक अन्य मुलुकहरु अफगानिस्तान, बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका रहेका छन् ।
यस सहायता योजनाअन्तर्गत अफ्रिकाका १० मुलुक, पूर्वी एसिया र प्यासेफिकका कम्बोडिया र मंगोलिया, युरोप र सेन्ट्रल एसियाका किर्गिस्तान र ताजकिस्तान, ल्याटिन अमेरिका र क्यारेबियनका अर्जेन्टिना, इक्वेडर, हाइटी र पाराग्वे, मध्यपूर्व र उत्तर अफ्रिकाका जिबउटी र यमन परेका छन् ।