आज :

ताजा समाचार

शेरबहादुर देउवाले गरे पूर्वप्रधानमन्त्रीहरुसँग वार्ता, कोरोनाको संकटबाट देश र जनता जोगाउन आग्रह

  पुरुषोत्तम ढकाल    २३ चैत्र २०७६, आईतवार १६:०१      323 Views

काठमाडौं: पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग वार्ता गरेको छन् ।
कोरोना भाइरसले देश र देशवासीमा निम्त्याएको संकट समाधानमा लागि के कसो गर्न सकिन्छ भनेर सबै पूर्वप्रधानमन्त्रीहरुसँग टेलिफोन वार्ता गरिएको देउवाले जानकारी दिएका हुन् ।
नेपाली कांग्रेसका सभापति देउवाले पूर्व प्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई एवं मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग वार्ता गरेका हुन् ।
आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत टेलिफोन वार्ताको जानकारी देउवाले अहिलेको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपील गरेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस