आज :

ताजा समाचार

लकडाउनबारे छलफल गर्न मन्त्रीपरिषदको आकश्मिक बैठक बस्दै

  पुरुषोत्तम ढकाल    २२ चैत्र २०७६, शनिबार १५:३९      272 Views

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकश्मिक मन्त्रीपरिषद् बैठक बोलाएका छन् । अपरान्ह ४ बजे बालुवाटारमा बैठक बोलाइएको हो।

लकडाउनको समय बढाउने–नबढाउने विषयमा छलफल हुनेछ। यस्तै सेनालाई मेडिकल सामग्री खरिदका सम्बन्धमा पनि छलफल हुन सक्ने एक मन्त्रीले बताए।

मन्त्रीपरिषद बैठकअघि केन्द्रीय कोभिड- १९ रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठक बस्ने छ । सिंहदरबारमा बस्ने बैठकमा लकडाउन केही दिन थप्ने बारे छलफल हुने र समितिले त्यसको सिफारिस मन्त्रीपरिषदमा गर्ने सम्भावना रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस