आज :

ताजा समाचार

लकडाउनको उल्लघंन गर्दै १३ जना इन्डोनेसियन धार्मिक गुरुहरुलाई कसले ल्यायो नेपाल ?

  पुरुषोत्तम ढकाल    २२ चैत्र २०७६, शनिबार १५:२७      539 Views

काठमाडौं: भारतको नयाँ दिल्लीस्थित मुश्लिम धर्मसभाका सहभागीहरुबाट कोरोना भाइरसको प्रकोप व्यापक भएको आशंका भइरहेको बेला इण्डोनेसियाका १३ जना मुस्लिम धर्म गुरुहरु पनि नेपालमै रहेको खुलासा भएको छ ।
गत फागुनमा सप्तरीमा सम्पन्न मुस्लिम भेलामा भाग लिन आएको भनिएका उनीहरु लकडाउनकै क्रममा यही चैत १९ गते उपत्यका प्रवेश गरेपछि प्रहरी सुरक्षा दिएर राख्नुपरेको छ ।
कोरोना नियन्त्रणका लागि नेपालमा लकडाउन चलिरहेको बेला सप्तरी हुँदै उनीहरु चैत १९ गते उपत्यकामा प्रवेश गरेको पाइएको छ ।
शुरुमा बालाजुको मदरसामा पुगेका उनीहरुलाई स्थानीयले त्यहाँ बस्न नदिएपछि ललितपुरको मस्जिद र मदरसा पुगेका थिए ।
त्यहाँ पनि स्थानीयले लखेटेपछि प्रहरीले गोदावरी भिलेज रिसोर्ट हुदै सुरक्षित स्थानमा पुर्‍याएको छ ।
उनीहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाईरसको कुनै लक्षण नदेखिएको दाबी ललितपुर प्रहरीका प्रमुख एसएसपी टेकबहादर राईको दाबी रहेको छ ।
उता, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले भने बालाजु हुँदै उनीहरुलाई महालक्ष्मी नगर क्षेत्रमा ल्याउने व्यक्ति वा निकायहरुमाथि छानबिन कारबाही गर्न माग गरेका छन् । प्रमुख श्रेष्ठले छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्न पनि अपिल गरेका छन् ।
अलपत्र परेका विदेशीहरुलाई सुरक्षा दिनु र संभावित कोरोना संक्रमण विस्तार हुन नदिनु प्रशासनको दायित्व हो । तर लकडाउन उल्लंघन गर्दै मुश्लिम धर्मगुरुहरुलाई काठमाडौं ल्याउनेहरुमाथि पनि छानविन गरी कारबाही गर्नु पनि जरुरी छ ।


प्रतिक्रिया दिनुहोस