आज :

ताजा समाचार

नेपालगञ्ज विमानस्थलमा विमान धावन मार्गमा चिप्लियो, यात्रु सकुशल

  पुरुषोत्तम ढकाल    १५ चैत्र २०७६, शनिबार १४:१६      308 Views

नेपालगन्ज: नेपालगञ्ज विमानस्थलमा नेपाल वायु सेवा निगनको वाई १२ विमान धावन मार्गमा चिप्लिएको छ ।
विमान धावनमार्गबाट चिप्लिएर घाँसेमैदानतर्फ पुगेको छ । विमानमा रहेका चालक दलका तीन जना र दुई जना चिकित्सक सबै सकुशल छन् ।
काठमाडौंबाट कोभिड–१९ का सम्भावित संक्रमितका नमूना लिन गएको निगमको चार्टर्ड उडानको विमान धावनमार्गमा अवतरणका क्रममा चिप्लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिव सिंहले जानकारी दिए  ।
चिकित्सकसहितको नमूना सामग्री लिन निगमको अर्को जहाज नेपालगञ्ज पठाइने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस