आज :

ताजा समाचार

चीनले नेपाललाई भन्यो– हामी साथमा छौं, स्वास्थ्य सामग्री सहयोग गर्छौं

  पुरुषोत्तम ढकाल    ११ चैत्र २०७६, मंगलवार ०८:२७      62 Views

काठमाडौं :  कोरोना भाइरसविरुद्धको लडाइँमा जित नजिक पुगेको चीनले नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिएको छ । चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ ।
नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर चीन नेपालको साथमै रहेको बताएकी छन् । नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्दै उनले चिकित्सा सामग्रीहरूको सहयोगका लागि प्रयास गरिरहेको जानकारी दिएकी छन् ।
हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं,’ राजदूत होउले ट्विटरमा लेखेकी छन् ।
गत डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट चीन आक्रान्त बनेको थियो । त्यहाँ हालसम्म ३ हजार २ सय ७७ मानिसको ज्यान गए पनि अवस्था नियन्त्रण उन्मुख छ । कोरोनाविरुद्धको लडाइँमा जित नजिक पुगेको उसले यसको चपेटामा परेका देशहरूतर्फ सहयोगको हात अघि बढाएको छ ।
यो पनि पढ्नुहोस
चीनले नेपाललाई सोध्यो – मास्क र औषधीसहित मेडिकल टिम पठाऊँ ?
यसअघि पनि नेपाललाई सहयोगका लागि तयार रहेको जनाएको चीनले सोमबार पुनः वचन दोहोर्याएको हो । चीनले नेपाललाई भूकम्प र नाकाबन्दीको बेलामा पनि सहयोग गरेको थियो ।
कोरोना भाइरसबाट आक्रान्त भएको बेला नेपाल सरकारले  चीनलाई एक लाख थान मेडिकल मास्क सहयोग गरेको थियो भने नागरिकस्तरबाट ‘नेपाल चीनको साथमा छ’ भनेर हौसला बढाउने खालका कार्यक्रमहरु आयोजना गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस

  • 1

    कोरोना सङै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

  • 2

    कतार र मलेसियाले क्वारेण्टीनमा बस्ने श्रमिकलाई पनि आधारभूत तलब र भत्ता दिने, यूएईले ल्यायो श्रमिक कटौतीको प्रावधान

  • 3

    स्वास्थ्यकर्मी र कर्मचारीको कोरोनाबाट मृत्यु भएमा १० लाख उपलब्ध गराउने

  • 4

    चीनका लागि उड्यो वाइडबडी जहाज, औषधी र उपकरण लिएर आजै राति नेपाल फर्कने

  • 5

    कार्यकर्तालाई प्रचण्डको अपिल– ‘कोरोनाविरुद्ध स्वयंसेवी बन्‍नुस्’

  • 6

    कोरोना कहरः इटालीमा एकैदिन ९ सय बढीको मृत्यु, संक्रमण नियन्त्रणमा हेलचेक्र्याई गरे भयावह अवस्था हुने विज्ञहरुको चेतावनी

  • 7

    अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो, हजारौँ भेन्टिलेटर बनाउन आदेश

  • 8

    लकडाउन’को पाँचौ दिन, उल्लघंन गर्ने दुई सय बढीलाई प्रहरीले नियन्त्रणमा लियो