काठमाडौं : ला लिगासहित स्पेनका सबै फुटबल गतिविधिहरु अनिश्चित समयका लागि स्थागित भएका छन्।
कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएपछि त्यसविरुद्धको अभियानमा लागेको स्पेनले सबै फुटबल गतिविधि अनिश्चित समयका लागि प्रतिबन्धित गरेको हो ।
मार्चको सुरुमा स्पेनको शीर्ष लिग ला लिगाका दुई चरणका खेलहरु स्थगित गरिएको थियो । स्पेनमा हाल राष्ट्रिय आपतकालको अवस्था छ।
तर दुई चरणका खेलहरु स्थगित भएको समय गुज्रिँदा पनि कोरोना भाइरसको संक्रमण नरोकिएपछि सबै फुटबल गतिविधि अनिश्चित समयका लागि स्थगित गरिएको हो ।
स्पेन सरकारले खेलाउँदा स्वास्थ्यमा कुनै पनि जोखिम नहुने बताएपछि मात्रै खेल गतिविधि सुरु हुने छन्।