यूएई: यूएईमा कोरोनाको सङ्क्रमण देखिएका दुई जना नेपाली निको भएका छन् । यूएईमा कोरोनाको सङ्क्रमण देखिएका दुई जना नै निको भएको र अस्पतालको प्रक्रिया अनुसार डिस्चार्ज गरिने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।
यूएईको स्वास्थ्य मन्त्रालयले सोमबार नियमित ब्रिफिङमा दुई नेपालीसहित एक इरानी नागरिक निको भएको जानकारी गराएको दूतावासले पुष्टि गरेको हो ।
रोजगारीका लागि विदेश गएका नेपालीमध्ये बहराइनमा पनि तीन नेपालीमा कोरोनाको सङक्रमण भएको छ भने तीन जना क्यारेन्टाइनमा रहेका बहराइनमा रहेको नेपाली दुतावासले जनाएको छ । यूएईमा रहेका सबै नेपालीलाई सतर्क रहन र नआत्तिन दूतावासले अनुरोध गरको छ ।