आज :

ताजा समाचार

कोरोना देखिएकी युवतीका परिवार नै क्‍वारेन्टाइनमा

  पुरुषोत्तम ढकाल    १० चैत्र २०७६, सोमबार १३:५०      1335 Views

काठमाडौं : कोरोना संक्रमण देखिएकी युवतीका परिवारलाई नै क्‍वारेन्टाइनमा राखिएको छ।
फ्रान्सबाट चैत ४ मा कतार हुँदै काठमाडौं आएकी ती युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि परिवारलाई नै क्‍वारेन्टाइनमा राखिएको हो।
होम क्‍वारेन्टाइनमा बसेको अवस्थामा ती १९ वर्षीया युवतीलाई कोरोना भाइरस (कोभिड-१९) देखिएसँगै उनका परिवारका सबै सदस्यलाई क्‍वारेन्टाइनमा राखिएको हो।
सरकारले आइतवार मात्रै कोरोनाको सम्भावित संक्रमणबाट उत्पनन्‍न हुने जटिल परिस्थितिलाई ध्यान दिँदै काठमाडौं उपत्यकामा ५ हजार क्षमताको क्‍वारेन्टाइन बनाउने जनाएको थियो।
नेपालमा यसअघि एकजना युवकलाई कोरोना देखिएको थियो।
तर एक महिना अघि नै उपचारपछि उनी ठीक भइसकेका छन्। कोरोना भएको भनिएका वीरगञ्जका एक व्यापारीको भने रिपोर्ट नेगेटिभ आएको छ।


प्रतिक्रिया दिनुहोस