आज :

ताजा समाचार

कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे १४ हजार नाघ्यो, २४ घन्टामा कहाँ कतिको मृत्यु?

  पुरुषोत्तम ढकाल    १० चैत्र २०७६, सोमबार ०८:०५      513 Views

एजेन्सी: विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या साढे १४ हजार नाघेको छ।

सोमबार बिहान साढे सात बजेसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १४ हजार ६ सय ४१ जनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

कोरोना भाइसका कारण इटालीमा गएको २४ घन्टामा ६ सय ५१ जनाको मृत्यु भएको छ। कोरोना भाइरसको उद्गम थलो चीनमा गएको २४ घन्टामा यसको संक्रमणबाट ९ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५४ सय ७६ पुगेको छ। त्यहाँ ५९ हजार १ सय ३८ जना संक्रमित उपचारको क्रममा छन्।

अहिलेसम्म विश्वका १८८ देशमा कोरोना संक्रमण फैलिइसकेको छ। विश्वका ३ लाख ३६ हजार ८ सय ३८ जनामा यसको संक्रमण पुष्टी भएको छ। ९७ हजार ६ सय ३६ जना भने उपचार पछि निको भएका छन्।

गएको २४ घन्टामा स्पेनमा ३७५, अमेरिकामा ११७, इरानमा १२९, फ्रान्समा ११२, युकेमा ४८, नेदरल्याण्डमा ४३, स्वीटजरल्यान्डमा १८, इन्डोनेसियामा १०, भारतमा २ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी जर्मनीमा १०, कोरियामा २, अस्ट्रियामा ८, बेल्जियममा ८, स्वीडेनमा १, पोर्चुगलमा २, ब्राजिलमा ७, क्यानाडामा १, मलेसियामा २, टर्कीमा ९, चेकियामा १, आयरल्यान्डमा १ जनाले गएकाे २४ घन्टामा ज्यान गुमाएका छन्।

हिजो थप दुईको मृत्यु भएपछि भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ। त्यहाँ ३ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ।


प्रतिक्रिया दिनुहोस