आज :

ताजा समाचार

पूर्वीपहाडी भेगमा मेघगर्जनसहित बर्षा हुने

  पुरुषोत्तम ढकाल    १० चैत्र २०७६, सोमबार ०६:५१      308 Views

काठमाडौं:  नेपालमा पश्चिमी वायु स्थानीय वायुको प्रभाव कायम रहेकाले  आज अपरान्ह पहाडी भेगमा बर्षाको पूर्वानुमान गरिएको छ ।

विशेष गरी देशका पहाडी भू-भागमा सामान्य बदली भई मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको  संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य स्थानको समेत मौसममा बदलीको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ । राति पनि देशको पश्चिमी  पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षा एवं पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्क रहन आह्वान समेत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस