आज :

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ३० नाघ्यो, माेदीकाे आह्वानमा ‘जनता कर्फ्यु’ लागु

  पुरुषोत्तम ढकाल    ९ चैत्र २०७६, आईतवार ०८:२७      52 Views

काठमाण्डौ : भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन सय नाघेको छ । शनिबार भारतभरि ५५ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको हो ।

पछिल्लो केही दिनमा भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । भारतमा कोरोनाका कारण पाँच जनाले ज्यान गुमाइसकेका छन् भने २३ जना उपचारपछि घर फर्किएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा केन्द्रदेखि लिएर राज्य स्तरको संस्थामा आइतबार ‘जनता कर्फ्यु’ अर्थात् सबै किसिमका गतिविधिलाई विश्राम दिने कोसिस गरिएको छ ।

प्रधानमन्त्री मोदीले भाइरस सङ्क्रमणको बढ्दो अवस्थालाई ध्यानमा राख्दै आइतबार सबै जनालाई घरमै रहन अपिल गरेका थिए ।

गएको शुक्रबारको भाषणमा उनले भनेका थिए, ‘आइतबार अर्थात् २२ मार्च तारिखमा बिहान ७ बजेदेखि ९ बजेसम्म सबै नागरिकहरुले जनता कर्फ्युलाई पालना गर्नुपर्छ । आवश्यक पर्दा मात्र घरबाहिर निस्कने गरौँ ।’

यद्यपि औषधिजन्य र आवश्यक सामान बेच्ने पसलहरु पनि खुला रहनेछन् ।

प्रतिक्रिया दिनुहोस

  • 1

    कोरोना सङै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

  • 2

    कतार र मलेसियाले क्वारेण्टीनमा बस्ने श्रमिकलाई पनि आधारभूत तलब र भत्ता दिने, यूएईले ल्यायो श्रमिक कटौतीको प्रावधान

  • 3

    स्वास्थ्यकर्मी र कर्मचारीको कोरोनाबाट मृत्यु भएमा १० लाख उपलब्ध गराउने

  • 4

    चीनका लागि उड्यो वाइडबडी जहाज, औषधी र उपकरण लिएर आजै राति नेपाल फर्कने

  • 5

    कार्यकर्तालाई प्रचण्डको अपिल– ‘कोरोनाविरुद्ध स्वयंसेवी बन्‍नुस्’

  • 6

    कोरोना कहरः इटालीमा एकैदिन ९ सय बढीको मृत्यु, संक्रमण नियन्त्रणमा हेलचेक्र्याई गरे भयावह अवस्था हुने विज्ञहरुको चेतावनी

  • 7

    अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो, हजारौँ भेन्टिलेटर बनाउन आदेश

  • 8

    लकडाउन’को पाँचौ दिन, उल्लघंन गर्ने दुई सय बढीलाई प्रहरीले नियन्त्रणमा लियो