धुलिखेल: बनेपा नगरपालिका वडा नम्बर १३ भैँसे पाटी सवारी दुर्घटना हुदाँ आज विहान दुई जनाको ज्यान गएको छ ।
आज विहान साढे ६ अरनिको राजमार्गमा मिनी ट्रक र मोटरसाइकल आसपासमा ठक्कर खाँदा मोटरसाइकल चालक उदयपुरको रौतमाई गाउँपालिका वडा नम्बर ४ का ३५ बर्षीय मिन बहादुर श्रेष्ठ र उहाँका ५ बर्षीय छोरा सुबिन श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।