आज :

ताजा समाचार

दिल्ली एयरपोर्टमा २८ नेपाली अलपत्र

  पुरुषोत्तम ढकाल    ७ चैत्र २०७६, शुक्रबार १६:५६      481 Views

काठमाडौं:  युएईबाट एयर ईण्डिया फ्लाईटमार्फत दिल्ली हुँदै नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र परेका छन् । आवुधावी, दुबई लगायतबाट नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका उनीहरुलाई कोरोना टेष्टका नाममा एयरपोर्टमा रोकिएपछि अलपत्र परेका हुन् । बिहान ४ बजे एयरपोर्ट आइपुगेका उनीहरु अहिलेसम्म नेपाल आउन नपाएको एक पीडितले बताए ।

कोरना चेक गर्ने भन्दै समय लम्व्याएपछि प्लेन छुटेको र अहिले नेपाल जान ४० हजार देखि ६० हजार भारतीय रुपैयाँ तिरी टिकट काट्नु परेको पीडित नेपालीहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस