आज :

ताजा समाचार

पैसाबाट काेराेना सर्ने भन्दै विद्युतीय कारोबार मात्र गर्न बैंककाे सुझाव

  पुरुषोत्तम ढकाल    ७ चैत्र २०७६, शुक्रबार १६:२२      475 Views

काठमाण्डौ: बैंक तथा वित्तीय संस्थाले नोटबाट कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै बैंकिङ कारोबार गर्दा कार्ड तथा विद्युतीय माध्यमबाट मात्र कारोबार गर्न आग्रह गरेका छन् ।

नोटको प्रयोग गर्दा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण फैलने डर भएकाले विद्युतीय कारोबार प्रणाली अपनाउन आग्रह गरिएको हो ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसाेसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले शुक्रबार विज्ञप्ति निकालेर अति-आवश्यक अवस्थामा बाहेक बैंकका शाखाहरुमा गएर भिडभाड नगर्न आग्रह गरेका छन् ।

इन्टरनेट, मोबाइललगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा कुनै शुल्क नलाग्ने बैंक तथा वित्तीय संस्थाले जनाएका छन् । अर्को सूचना प्रकाशित नभएसम्मका लागि एउटा बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्रकाे अरु कुनै संस्थामा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने भएको छ ।

ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अरु प्राविधिक समस्या भएमा सम्बन्धित शाखामा सम्पर्क गरी समाधान गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस