काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका ६ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। कोरोना संक्रमणबाट बच्न सरकारले आह्वान गरिसकेको अवस्थामा प्रधानमन्त्ती ओलीले सम्बोधन गर्न लागेका हुन्।
उनका प्रेस सल्लाहाकार सूर्य थापाले बालुवाटारबाट सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए।
कोरोना संक्रमण फैलिन नदिन सरकारले २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन दिएको छ। त्यस्तै अन्तराष्ट्रिय आवात जावात बन्द गर्ने, एसईईलगायत सबै परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ।
त्यस्तै अदालतसमेत दुई हप्ताका लागि बन्द हुने भएको छ।