आज :

ताजा समाचार

कोरोनाको प्रभाव : उपत्यकाबाट दैनिक २ लाख बाहिरिँदै, रुट परमिट खुल्ला

  पुरुषोत्तम ढकाल    ७ चैत्र २०७६, शुक्रबार ०८:३०      351 Views

काठमाडौं: काठमाडौं उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिन थालेका छन् ।
कोरोनाको त्रासले सरकारले चैत मसान्तसम्म शैक्षिक प्रतिष्ठानहरू बन्द गरेपछि अधिकांश विद्यार्थी आ–आफ्नो थातथलो फर्किन थालेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार शुक्रबार २ लाख यात्रु काठमाडौंबाट बाहिरिँदै छन्।
१० चैतसम्मका लागि उपत्यकाबाहिर जाने सार्वजनिक सवारीसाधनको टिकट बुक भइसकेको छ । बिहीबार मात्रै निजी र सार्वजनिक सवारीसाधनबाट २ लाख यात्रु बाहिरिएको उनको भनाइ छ।
काठमाडौंबाट बाहिरिने सवारीसाधनको संख्यामा वृद्धि भएसँगै उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधनको संख्यामा कमी आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यातायात व्यवस्था विभागले १३ चैतदेखि सवारीचालकको नयाँ लाइसेन्स (अनुमतिपत्र) जारी गर्ने र वर्ग थप गर्ने कार्य पनि स्थगित गरेको छ ।
लाइसेन्स लिने ठाउँमा अत्यधिक भिड हुने भएकाले स्थगित गर्नुपरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस