आज :

ताजा समाचार

कोरोनाले चीनमाभन्दा इटलीमा धेरैको मृत्यु, विश्वभर १० हजार बढीको मृत्यु

  पुरुषोत्तम ढकाल    ७ चैत्र २०७६, शुक्रबार ०७:५४      64 Views

काठमाडौं: चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोनाभाइरसले विश्वभर अहिलेसम्म १० हजार ४८ जनाको मृत्यु भएको छ ।

२ लाख ४५ हजार बढीलाई कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म ८८ हजार संक्रमणबाट निको भएर फर्किएका छन् ।

चीनमा सबैभन्दा धेरै प्रभावित भएको बताइएपनि अहिले इटलीमा चीनमा भन्दा धेरैजनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा ३२४८ जनाको मृत्यु भएको छ भने इटलीमा ३४०५ जनाको मृत्यु भइसकेको छ ।

चीनमा ८० हजार ९६७ जना संक्रमित छन् भने इटलीमा ४१ हजार नाघिसकेको छ ।

त्यसपछि सबैभन्दा बढी असर इरानमा देखिएको छ । इरानमा अहिलेसम्म १२८४ जनाको मृत्यु भइसकेको छ ।

स्पेनमा ८३१ जना, जर्मनीमा ४४ जना, अमेरिकामा २१८ जना, फ्रान्समा ३७२ जना, दक्षिण कोरियामा ९४ जना, बेलायतमा १४४ जना कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस