आज :

ताजा समाचार

सरकारले भन्यो कोरोना भित्रिएको छैन, आतिनुपर्दैन

  पुरुषोत्तम ढकाल    ७ चैत्र २०७६, शुक्रबार ०७:१२      376 Views

काठमाडौं : सरकारले नेपालमा कोरोना भाइरस नभित्रिएको भन्दै नआतिन सर्वसाधारणमा आग्रह गरेको छ ।

अर्थ एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सिंहदरबारमा बिहीबार पत्रकार सम्मेलन गर्दै सो आग्रह गरेका हुन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले कोरोना भाइरसको जोखिमलाई लिएर पूर्वतयारी अपनाइएको, प्रदेश र स्थानीय तहसम्म यसबारे समन्वय बढाइएको, हवाई र स्थलमार्गबाट आउने विदेशी र तिनबाट सर्नसक्ने भाइरसको जोखिमलाई ध्यान दिएर पहिल्यै आवागमनमा प्रतिबन्ध लगाउन थालिएकाले हालसम्म कुनै पनि व्यक्तिमा भाइरस नदेखिएको दाबीसमेत गरे ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा सबभन्दा बढी नोक्सानी भएको मन्त्री खतिवडाले बताए ।

हवाई, यातायात, होटल व्यवसाय, ट्राभल, हस्तकला लगायत क्षेत्र कोरोना भाइसरको जोखिमका कारण बढी प्रभावित भएको उनले बताए ।

पर्यटन क्षेत्र बढी प्रभावित भएको भएतापनि अफ सिजनमा पर्यटक ल्याएर क्षतिपुर्ति गराउन सकिने गृहकार्य सरकारले गरिरहेको उनको भनाई थियो ।

राजधानी दैनिकबाट ।


प्रतिक्रिया दिनुहोस