आज :

ताजा समाचार

चीनपछि सबैभन्दा बढी इटालीमा कोरोनाको प्रकोप, ४ सय ७५ जनाको मृत्यु

  पुरुषोत्तम ढकाल    ६ चैत्र २०७६, बिहीबार ०७:१८      426 Views

काठमाडौं: इटालीमा कोरोना भाइरसबाट एकै दिनमा ४ सय ७५ जनाको मृत्यु भएको छ ।

तीव्र रुपमा फैलिएको कोरोनाको संक्रमणबाट इटालीमा मात्र मर्नेहरुको संख्या तीन हजार भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोरोनाको सबैभन्दा बढी प्रभाव फैलिएको इटालीको लोम्बार्डी शहरमा तीन सय १९ जनाको मृत्यु भएको छ ।

चीनपछि सबैभन्दा बढी इटालीमा कोरोनाको प्रकोप फैलिएको हो । गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरबाट फैलिएको संक्रमणमा विश्वभर करिव आठ हजार मानिसको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार कोरोना प्रभावितको संख्या दुई लाख भन्दा बढी पुगेको छ ।

पछिल्लो समय युरोप र पश्चिमी प्रशान्त क्षेत्रमा यसको प्रकोप बढ्दै गएको छ ।

डब्लुएचओका प्रमुख टेड्रोस गेब्रोयसियसले महामारी नियन्त्रणका लागि सबैले रोग परीक्षणको संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

युरोपका विभिन्न देशहरुमा संक्रमितहरुको संख्या बढ्दै गएको छ । जसका कारण ६५ वर्ष भन्दा बढी उमेर समूहका व्यक्तिको मृत्यु भएको बताइएको छ ।

यसैबीच संक्रमण फैलिएपछि युरोपका देशहरुले सीमा बन्द गरेका छन् भने अत्यावश्यकबाहेक घर बाहिन नजान आफ्ना नागरिकलाई आग्रह गरेका छन् ।

– एजेन्सी


प्रतिक्रिया दिनुहोस