आज :

ताजा समाचार

नेपालका सम्पूर्ण रंगशाला र खेलस्थलहरु बन्द

  पुरुषोत्तम ढकाल    ६ चैत्र २०७६, बिहीबार ०६:५२      403 Views

काठमाडौं:  नेपालका सम्पूर्ण रंगशाला र खेलस्थलहरु बैशाख तेस्रो सातासम्म बन्द हुने भएका छन् ।

सरकारले भिडभाड र बढी मानिस भेला हुने सबै कार्यक्रम तथा स्थानहरु आगामी बैशाख १८ गतेसम्म बन्द गर्न निर्देशन दिएपछि रंगशाला, पौडी पोखरी तथा अन्य खेल स्थलहरु पनि बन्द हुने भएका हुन् ।

विश्वव्यापी स्वास्थ्य महामारी कोरोनाविरुद्ध सतर्कता अपनाउन सरकारले हिजो केही कडा प्रावधान लागु गरेको छ ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार मात्रै कम्तिमा एक साताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्न निर्देशन दिएको थियो ।

राखेपले त्यस पश्चात भने परिस्थिति हेरेर निर्णय गरिने जानकारी गराएको थियो ।

तर सरकारको पछिल्लो निर्देशनपछि अब रंगशालाहरु कम्तिमा बैशाख १८ सम्म बन्द रहने भएका छन् ।

देशका सम्पूर्ण ठूला खेलकुद प्रतियोगिताहरु यसअघि नैं अनिश्चितकालको लागि रोकिएका छन् ।


प्रतिक्रिया दिनुहोस