आज :

ताजा समाचार

एसइई परीक्षा स्थगित

  पुरुषोत्तम ढकाल    ६ चैत्र २०७६, बिहीबार ०६:४३      3329 Views

काठमाडौं: सरकारले अन्तिम घडीमा आएर एसइई परीक्षा रोक्ने निर्णय गरेको छ ।
बिहीबार बिहानदेखि सुरु हुने सबै तयारी भइसकेको अवस्थामा बुधबार साँझ परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
विद्यार्थीहरुलाई कोरोनाको जोखिमबाट जोगाउने उद्देश्यले अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको हो ।
यस वर्ष दुई लाख ३९ हजार ९१ छात्र र दुई लाख ४३ हजार ६१६ जना छात्रा गरी चार लाख ८२ हजार २१९ विद्यार्थीले परीक्षाको तयारी गरेका थिए ।
परीक्षाका लागि देशभर एक हजार ९९५ ओटा परीक्षा केन्द्र तोकिएका थिए भने सुरक्षाकर्मीदेखि कर्मचारी सबै परीक्षा केन्द्रमा पुगिसकेका छन् ।
यस्तै, विश्वविद्यालयहरुले लिने सबै परीक्षा पनि स्थगित गर्ने निर्णय सरकारले गरेको छ ।


प्रतिक्रिया दिनुहोस