आज :

ताजा समाचार

काेराेना भाइरस : पछिल्लाे २४ घण्टामा ८ सयभन्दा धेरैकाे ज्यान गयाे

  पुरुषोत्तम ढकाल    ५ चैत्र २०७६, बुधबार ०७:१३      55 Views

काठमाण्डौ: चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६५ देशमा पुगिसकेको छ । भाइरसको केन्द्रबिन्दु चीनमा नियन्त्रण हुँदै गइरहेको सङ्क्रमण चीनबाहिर भने तीव्र रुपमा फैलिरहेको छ ।

चीनमा पछिल्लो २४ घण्टामा चीनमा कसैमा पनि सङ्क्रमण देखिएको छैन र ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको छैन । कोरोनाका कारण चीनमा अहिलेसम्म तीन हजार दुई सय २६ जनाको ज्यान गएको छ ।

सङ्क्रमण देखिएका ८० हजार आठ सय १ मध्ये ६ हजार सात सय २४ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै उपचार गराइरहेका आठ हजार ९ सय ३१ जनामध्ये तीन हजार दुई सय २६ जनाको अवस्था गम्भीर छ ।

चीनबाहिर पछिल्लाे २४ घण्टामा आठ सय तीन जनाकाे ज्यान गएकाे छ भने १५ हजार सात सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् ।

चीनपछि सबैभन्दा धेरै इटलीमा ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय २६ जनामा सङ्क्रमण देखिएकोमा तीन सय ४५ जनाको ज्यान गएको छ । भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार पाँच सय तीन पुगेको छ । भाइरसको सङ्क्रमण देखिएका ३१ हजार पाँच सय ६ जनामध्ये झण्डै तीन हजार जना उपचारपछि निको भएका छन् ।

इरानमा पनि पछिल्लो २४ घण्टामा एक सय ३५ जनाको ज्यान गएको छ । इरानमा भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ सय ८८ पुगेको छ ।

एक लाख ९८ हजारभन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएकोमा साढे ८१ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । सात हजार ९ सय ६५ जनाको ज्यान गइसकेको छ ।

इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, दक्षिण कोरिया, बेलायत, नेदरल्याण्ड, स्विजरल्याड, जर्मनी लगायतका देशहरुमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • 1

    कोरोना सङै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

  • 2

    कतार र मलेसियाले क्वारेण्टीनमा बस्ने श्रमिकलाई पनि आधारभूत तलब र भत्ता दिने, यूएईले ल्यायो श्रमिक कटौतीको प्रावधान

  • 3

    स्वास्थ्यकर्मी र कर्मचारीको कोरोनाबाट मृत्यु भएमा १० लाख उपलब्ध गराउने

  • 4

    चीनका लागि उड्यो वाइडबडी जहाज, औषधी र उपकरण लिएर आजै राति नेपाल फर्कने

  • 5

    कार्यकर्तालाई प्रचण्डको अपिल– ‘कोरोनाविरुद्ध स्वयंसेवी बन्‍नुस्’

  • 6

    कोरोना कहरः इटालीमा एकैदिन ९ सय बढीको मृत्यु, संक्रमण नियन्त्रणमा हेलचेक्र्याई गरे भयावह अवस्था हुने विज्ञहरुको चेतावनी

  • 7

    अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो, हजारौँ भेन्टिलेटर बनाउन आदेश

  • 8

    लकडाउन’को पाँचौ दिन, उल्लघंन गर्ने दुई सय बढीलाई प्रहरीले नियन्त्रणमा लियो