काठमाडौं : प्रदेश २ नम्बरको नाम मधेस वा जानकी मध्ये एक हुने संभावना बढी छ । त्यस्तै स्थायी राजधानी जनकपुर नै पारित हुने स्थिति देखिएकाे छ । प्रदेशकाे नाम र स्थायी राजधानीबारे अहिले मतदान भइरहेको छ । प्रदेशसभामा जानकी, मिथिला भोजपुरा, मध्यमधेस, मधेस नाममा मतदान भइरहेकाे छ । सत्तासिन दल भने मधेस राख्ने पक्षामा रहेकाे स्राेतले बताएकाे छ ।
प्रदेश २ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)को बाहुल्यता छ । संघमा सरकारको नेतृत्व गरिहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस प्रदेश २ मा भने प्रतिपक्षको भूमिकामा छन् । प्रदेशसभामा समाजवादी पार्टीका ३०, राजपाका २५, नेकपाका ३२ , कांग्रेसका १९ तथा संघीय समाजवादी पार्टीका १ गरी १ सय ७ मतदाता छन् ।