आज :

ताजा समाचार

काठमाडौंमा ४० प्रकारका तरकारीको भाउ घट्यो, सानो गोलभेडा भने ८५ प्रतिशतले बढ्यो

  पुरुषोत्तम ढकाल    ४ चैत्र २०७६, मंगलवार १४:२९      1327 Views

काठमाडौँ: पछिल्लो महिना काठमाडौं उपत्यकामा विभिन्न ४० प्रकारका तरकारीको भाउ घटेको छ ।

गत फागुन ५ गतेदेखि चैत ४ सम्मको अवधिमा अधिकांश तरकारीको भाउ सस्तो भएको हो ।

यो अवधिमा सबैभन्दा धेरै सुकेको नेपाली लसुनको मूल्य ३८ प्रतिशत र हरियो धनियाको मूल्य ३५ प्रतिशतले घटेको छ ।

एक महिना अघि ५७७ पुगेको लसुनको मूल्य अहिले ३५५ मा र धनियाको ८५ बाट ५५ प्रतिकेजीमा झरेको छ ।

त्यस्तै बकूला १२५ बाट ८५, लोकल काँक्रो १५५ बाट १०५, हरियो डल्लेफर्सी ६५ बाट ४५, हरियो प्याज १३५ बाट ९५, मूला ३५ बाट २५ मा झरेको कालिमाटी तरकारी बजारले जनाएको छ ।
गोलभेडाको भाउ ८५ प्रतिशत बढ्यो 

यो अवधिमा काठमाडौंमासानो गोलभेडाको मूल्य ८५ प्रतिशतसम्म बढेको छ ।

गत फाल्गुण ५ गते ३५ रुपैयाँ प्रतिकिलो बिक्री भएको सानो गोलभेडा ५५, टनेलको गोलभेडा ६५ र तराईको गोलभेडा ६५ पुगेको छ भने रु ४५ को भारतीय सानो गोलभेडाको मूल्य पनि ६५ पुगेको छ ।

ठूलो गोलभेडाको भाउ भने एक महिनासम्म स्थीर नै छ ।

त्यस्तै बजारमा लाम्चो भण्डाको मूल्य एक महिनामा रु ७५ बाट २६ प्रतिशतले बढेर ९५ पुगेको छ । त्यस्तै टाटेसिमी, लौका, अदुवा, हरियो खुर्सानी र भेडे खुर्सानीको मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस