स्टिकले एकपटक वाक्स डोबेपछि अर्को पटक अर्को स्टिक प्रयोग गर्नुपर्छ । वाक्स गरेपछि पानी र साबुनको प्रयोगले स्किनमा छिद्रहरू देखापर्छन् । वाक्सपछि प्रयोग गरिने तेल र मोइस्चराइजर मात्र प्रयोग गर्नुपर्छ।
यी हुन् बढी चल्तीमा रहेका वाक्स
अहिले नेपालमा सफ्ट वाक्स, चकलेट वाक्स, एलोबेरा वाक्स, ब्राजिलियन वाक्स, लिपोसोल्युबल वाक्स बढी प्रयोग गरिन्छ। चकलेट वाक्समा छाला चम्काउने तत्व पाइन्छ, जसले शरीरलाई रिल्याक्स प्रदान गर्छ।
कोको पाउडर बेस्ड वाक्सले रौं पूर्णपले हट्नुका साथै रातो डाम पनि बस्दैन। यो वाक्स संवेदनशील छालाका लागि पनि उपयुक्त हुन्छ। एलोभेरा वाक्स एलोभेराको लेदोबाट बनेको हो।
यसले छालालाई पोषण दिनुका साथै सुन्दर पनि बनाउँछ । अन्डरआम्र्स र बिकिनी पार्टका लागि अति नै उपयुक्त हुन्छ।
ब्राजिलियन वाक्स पनि हार्ड वाक्सको एउटा किसिम हो, जुन विशेष गरेर बिकिनी एरियाका लागि नै बनाइएको हो। यसले अनावश्यक रौं हटाउँछ।
लिपोसोल्युबल वाक्स ओयल बेस्ड हुन्छ। यसले रौंलाई जराबाट नै हटाउनुका साथै छालाका लागि पनि उपयुक्त हुन्छ। यो वाक्सलाई प्रयोग गर्नुअघि छालामा तेल लगाइन्छ र रौंलाई हटाउन स–साना स्ट्रिप्स प्रयोग गरिन्छ। यस प्रकारका वाक्स धेरै तातो भए पनि यसले छालालाई कुनै किसिमको क्षति पुर्याउँदैन।