आज :

ताजा समाचार

कोरोनाकाे शङ्का लागेका सबैलाई सरकारले क्वारेण्टाइनमा राख्न नसक्ने : स्वास्थ्यमन्त्री ढकाल

  पुरुषोत्तम ढकाल    २८ फाल्गुन २०७६, बुधबार ०७:२८      534 Views

काठमाण्डौ :  कोरोना भाइरसकाे सङ्क्रमण भएकाे शङ्का लागेका सबै व्यक्ति आफैँ क्वारेण्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले शङ्का गरिएका सबै व्यक्ति क्वारेण्टाइनमा बस्नुपर्ने तर चीनबाट उद्दार गरी ल्याइएका विद्यार्थीलाई जसरी क्वारेण्टाइनमा भने नराखिने बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार आफैँ क्वारेण्टाइनमा बस्नुपर्ने र ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने बताउनुभयो ।

ठूलो समूहमा क्वारेण्टाइनमा राख्नुपर्ने अवस्थामा आएमा सरकारले खरिपाटी क्वारेण्टाइनमा राख्ने व्यवस्था मिलाउने मन्त्री ढकालले बताउनुभयो । युवा सङ्घले ध्यानाकर्षणपत्र बुझाउँदै सामाजिक सञ्जालमा अड्कलबाजीमै हल्ला फैलिरहेकाले आधिकारिक सूचना दिने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

सङ्क्रमण भएमा उपचार गर्ने र अरुमा फैलिन नदिने विधिबारे प्रचारप्रसार गर्न आवश्यक कदम चाल्न पनि सङ्घले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस