आज :

ताजा समाचार

कोरोना भाइरस नियन्त्रण गर्न नेपाललाई सघाउने भयो चीनले

  पुरुषोत्तम ढकाल    २८ फाल्गुन २०७६, बुधबार ०७:२०      560 Views

काठमाडौँ : नेपालमा कोरोनाको समस्या भए नियन्त्रणका लागी चीनले पूरा सहयोग गर्ने जनाएको छ । हिजो कोरोनाको संक्रमण, नियन्त्रण र पूर्वतयारीका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँगको भेटका क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कोरोना भाइरसको संक्रमण, नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको बताउदै उहाले कोरोना भाइरसको संक्रमणबाट बच्न नेपालले अपनाएको पूर्वसतर्कता र तयारीको प्रशंसासमेत गरेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस