आज :

ताजा समाचार

भारतको ओडिशामा होली खेलेपछि नुहाउने क्रममा १५ जनाको ज्यान गयो

  पुरुषोत्तम ढकाल    २८ फाल्गुन २०७६, बुधबार ०६:४२      615 Views

काठमाण्डाै: भारतको ओडिशा राज्यमा होली मनाएर नुहाउने क्रममा १५ जनाको ज्यान गएको छ ।

हिजो होली मनाएर नुहाउने क्रममा विभिन्न ठाउँमा भएका घटनामा १५ जनाको ज्यान गएको सुरक्षा अधिकारीले बताएकाे बीबीसीले जनाएको छ । विभिन्न नदी तथा पोखरीमा नुहाउने क्रममा डुबेका १५ जनाको शव भेटिएको खबरमा उल्लेख छ ।

अघिल्ला वर्षहरुमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको ज्यान जाने गरेकोले यस वर्ष स्थानीय प्रशासनले नदीमा नुहाउन रोक लगाएको थियो । प्रशासनको निगरानीकै बीच नुहाउन गएकाहरुको ज्यान गएको हो ।

होली मनाउने क्रममा जाँडरक्सी खाएकाहरु नुहाउने क्रममा दुर्घटना हुने भन्दै नुहाउन नदीमा नजान प्रशासनले आग्रह गरेको थियो ।

कटकका जिल्ला कलेक्टर भवानी शङ्कर चयनीले यो घटना दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

उनले कटकमा ज्यान गुमाएका तीन जनाको परिवारलाई चार लाख भारु सरकारको तर्फबाट दिइने बताए ।


प्रतिक्रिया दिनुहोस