आज :

ताजा समाचार

काेराेना भाइरसबाट बच्न डब्लुएचओकाे सुझाव

  पुरुषोत्तम ढकाल    २६ फाल्गुन २०७६, सोमबार ०८:१०      99 Views

काठमाण्डौ: विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोभिड नाईन्टिन अर्थात कोरोना भाइरसबाट सुरक्षित रहनका लागि सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ ।

सङ्गठनले कोरोनाबाट जोगिन साबुन पानीले हात धुनुलाई पहिलाे सुरक्षाकाे रुपमा लिएकाे छ । हातले नाक, मुख तथा आँखामा बारम्बार छोईने भएकोले बारम्बार साबुन पानीले हात धुन सङ्गठनले आग्रह गरेकाे छ ।

यस्तै डब्लुएचओले अर्को ब्यक्तिसँग कम्तीमा एक मिटर टाढा रहन आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिले हाछ्युँ गर्दा वा खोक्दा र्‍यालसँगै कोरोना भाइरस सर्ने भएकोले सबै मानिससँग दूरी कायम गर्नु उचित हुने सङ्गठनको भनाई छ ।

आफ्नो नाक, मुख तथा आँखा बारम्बार छोइरहने बानी धेरै मानिसको हुने भएकाले त्यस्तो बानी हटाउन पनि डब्लुएचओकाे आग्रह छ । डब्लुएचओले श्वासप्रश्वास सम्बन्धीत समस्या भए नभएको बारेमा सचेत रहन तथा खोक्दा र हाछ्युँ गर्दा नाकमुख छोप्न आग्रह गरेकाे छ ।

सिँगान पुछेको वा हाछ्युँ गर्दा प्रयोग गरेको कागज बन्द रहने भाँडोमा फ्याँक्न वा रुमाल भएमा बारम्बार धुन सुझाव दिएकाे छ । यस्तै ज्वरो, खोकी वा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएमा कार्यालय वा घरबाहिर नगई घरमै बस्न सल्हाह दिएकाे छ ।

कोरोना भाइरस चाँडो सर्ने रोग भएकोले आफ्नो बानी व्यववहारमा सचेत रहन तथा समस्या देखिनासाथ स्वास्थ्य कार्यालयमा जान र सल्लाहअनुसार औषधि खाएर घरमै आराम गर्न विश्व स्वास्थय सङ्गठनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

  • 1

    कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो, संक्रमितको संख्या १४ लाख ३० हजारबाट उकालो लाग्दै

  • 2

    कोरोना कहरः अमेरिकामा एकै दिन सबैभन्दा बढी १८ सय ५८ जनाको मृत्यु, संक्रमित चार लाख कटे, १२ हजारभन्दा बढीको ज्यान गयो (अपडेट)

  • 3

    कोरोना महामारी: फ्रान्समा मात्र १० हजार बढीको मृत्यु, धेरै निधन हुनेको संख्यामा फ्रान्स चौथो

  • 4

    कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न सकेन, स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

  • 5

    काेभिड १९ : सङ्क्रमणकाे अर्को चरणकाे कल्पना नै नगरि थप सचेत रहन सुझाव

  • 6

    संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, संक्रमितको संख्या १२ लाखभन्दा बढी

  • 7

    नेपाल र भुटानबाहेक दक्षिण एसियाका ६ मुलुकलाई विश्व बैंकको सहयोग

  • 8

    लकडाउनलाई थप कडा पार्ने सुदुरपश्चिम सरकारको निर्णय, विदेशबाट आएका अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने