आज :

ताजा समाचार

बजारमा मास्कको माग बढ्यो, उद्योग बन्द हुन थाले

  पुरुषोत्तम ढकाल    २३ फाल्गुन २०७६, शुक्रबार १५:०३      455 Views

काठमाडौं: नेपालमा सर्जिकल मास्क बनाउन चाहिने कच्चा पदार्थको अभाव भएपछि मास्क उद्योगहरु बन्द हुन थालेका छन् । सर्जिकल मास्क बनाउन चाहिने आवश्यक कच्चापदार्थ चीनबाट नआएपछि उद्योगहरु धमाधम बन्द भएका हुन् ।

व्यापारीले सर्जिकल (पेपर) मास्क बनाउन चाहिने कागज, डोरी, नरम कपडा लगायतका सामानहरु यसअघि चीनबाट ल्याउने गरेका थिए ।

चीनमा जनवरी ३१ देखि नोवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन थालेपछि व्यापारिक नाका बन्द भएपछि कच्चा पदार्थ अभाव भएको हो ।


प्रतिक्रिया दिनुहोस