आज :

ताजा समाचार

शेयर बजारमा पहिरो : नेप्से ६८ अङ्कले घट्यो, कारोबार रकममा पनि कमी

  पुरुषोत्तम ढकाल    २१ फाल्गुन २०७६, बुधबार १६:५४      735 Views

काठमाण्डाै: पछिल्लो समय अस्थिर बन्दै आएको शेयर बजार परिसूचक नेप्से बुधबार उच्च अङ्कले घटेको छ ।

नेप्से बुधबार ६८ दशमलव शून्य ४७ अङ्कले घटेर १४ सय ४१ दशमलव २० बिन्दुमा झरेको छ । बुधबार निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको शेयर ६ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

जीवन बीमा समूहको शेयर पाँच दशमलव १६ प्रतिशतले घटेको छ । यस्तै होटल, बैंक, विकास बैंक समूहको शेयर ४ प्रतिशतले घटेको छ । बुधबार कारोबार रकम पनि घटेको छ । बुधबार एक सय ७४ कम्पनीका दुई अर्ब ९० करोड रुपैयाँ बराबरका ६७ लाख ७१ हजार कित्ता शेयर किनबेच भएका छन् ।

बुधबार नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड २६ लाख रुपैयाँका शेयर किनबेच भएको छ भने एनएमबी बैंक, हिमालय डिस्टिलरी र एनआईसी एसिया बैंकको शेयर १३ करोड रुपैयाँको दरले कारोबार भएको छ ।

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, स्वदेशी लघुवित्त वित्तीय संस्था र कालिका विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । अरु १२ वटा कम्पनीको शेयर पनि झण्डै १० प्रतिशतले ओरालो लागेको छ ।

समग्र नेप्से ओरालो लागे पनि सामुदायी लघुवित्त वित्तीय संस्था र रिलायन्स फाइनान्सका शेयरधनीले झण्डै पाँच प्रतिशत कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस