आज :

ताजा समाचार

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

  पुरुषोत्तम ढकाल    २१ फाल्गुन २०७६, बुधबार १६:०२      574 Views

काठमाण्डौ: प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।
चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको शिक्षण अस्पतालले जनाएकाे छ । शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजेदेखि प्रत्यारोपण सुरु भएको थियो ।
प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको ती डाक्टरको भनाई छ । यसबारे ४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीकाे सफल मिर्गाैला प्रत्याराेपणकाे कामना गर्दै अस्पतालबाहिर ठूलै सङ्ख्या शुभेच्छुक उपस्थित भएका थिए । विभिन्न देशका प्रमुखले पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका थिए ।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएकाे हाे । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस