आज :

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई पूर्व राजादेखि नागरिकसम्मबाट स्वास्थ्य लाभको कामना

  पुरुषोत्तम ढकाल    २१ फाल्गुन २०७६, बुधबार ०८:१४      452 Views

काठमाडौँ :  दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व राजादेखि नागरिकसम्मले स्वास्थ्यलाभको कामना गरेका छन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीको सफल उपचार र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेता तथा कार्यकर्ताले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस