आज :

ताजा समाचार

कैदीहरुलाई रिहा गर्ने शर्त अफगानिस्तान सरकारबाट अस्विकार, शान्ति सम्झौता धरापमा

  पुरुषोत्तम ढकाल    १९ फाल्गुन २०७६, सोमबार ०८:०६      621 Views

काठमाडौँ : अफगानिस्तनका राष्ट्रपति असरफ घानीले तालिवानी कैदीहरुलाई रिहा गर्न अस्विकार गरेका छन् ।

अमेरिकाले विद्रोहीहरुसँग शान्ति सम्झौता गरेलगत्तै राष्ट्रपति घानीले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अमेरिकासँग विद्रोहीहरुले सम्झौता गरेपनि सरकारले तालिवानी कैदीहरुलाई रिहा गर्न कुनै प्रतिवद्धता नगरेको दावी गरेका छन् ।

राष्ट्रपति घानीले शान्ति प्रक्रियाका लागि विद्रोही बन्दी रिहा गर्ने शर्त मान्य नहुने स्पष्ट पारेका छन् ।

कतारमा गत शनिबार भएको सम्झौताअनुसार आगामी मार्चको पहिलो हप्ताभित्र थुनामा रहेका दश हजार तालिवानी विद्रोहीलाई रिहा गर्नुपर्ने छ ।

सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सेनाको चरणवद्ध घर फिर्तीसमेत उल्लेख छ । अमेरिकाले आफ्ना सेना फिर्ता बोलाउने शर्तमा इस्लामिक समूह अफगान सरकारसँग शान्ति वार्ता गर्न तयार रहेको अमेरिकाको दावी छ ।

सम्झौतासँगै तालिवानीहरुको नियन्त्रणमा रहेका क्षेत्रमा सबै कट्टरपन्थी समूह सञ्चालनमा रोक लगाइएको छ ।

सन् २००१ सेप्टेम्बरमा अल कायदाले अमेरिकीमा जुम्ल्याहा भवनमा आक्रमण गरे लगत्तै अमेरिकाले अफगानिस्तानमा सैन्य कारवाही थालेको हो ।


प्रतिक्रिया दिनुहोस