काठमाडौं: कोरोनाभाइरस (कोभिड–१९) का कारणले नेपाल भ्रमण वर्ष स्थगित गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
कोरोनाभाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएकोले नेपाल भ्रमण वर्ष अहिलेलाई स्थगित गरेर २०२२ मा सम्पन्न गर्ने तयारी गरिएको एक मन्त्रीले जानकारी दिनुभयो ।
उहाका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाल आउनेहरुलाई दिँदै आएको अनअनराइल भिसा तत्कालका लागि स्थगित गर्ने निर्णय पनि गरेको छ ।
अनअनराइभल भिसाको सुविधा पाउँदै आएका केही देशका नागरिकलाई अब त्यस्तो सुविधा नदिने निर्णय भएको उहाले जनाउनुभएको छ । यो तत्कालका लागि गरिएको निर्णय भएको उहाको भनाइ छ तर कुन कुन देशका नागरिकलाई भनेर भनिएको छैन ।
एक मन्त्रीका अनुसार ४–५ वटा देशबाट आउने नागरिकलाई मात्रै अनअनराइभल भिसा नदिने निर्णय भएको हो ।