आज :

ताजा समाचार

कोरोनाको जोखिम बढ्यो, ठूला सम्मेलन नगर्नाेस् : स्वास्थ्यमन्त्री ढकाल

  पुरुषोत्तम ढकाल    १९ फाल्गुन २०७६, सोमबार ०७:०९      650 Views

काठमाण्डौ : विश्वभर कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।

आइतबार स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाको जोखिम बढेकाले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आग्रह गर्नुभएको हो । सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि विभिन्न चरणमा पूर्व तयारी गरिरहेको उहाँले बताउनुभएको छ ।

मन्त्री ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा खुला सिमानाबाट आउने र जाने प्रत्येक व्यक्तिलाई चेकमा कडाइ गर्ने तयारी गरेको छ । मन्त्री ढकालले देशबाहिर जाने व्यक्तिहरुलाई जाँच गरी कोरोना संक्रमण छैन भनेर एकिन गरेपछि मात्रै पठाउने तयारी पनि सरकारले गरेको छ ।

कुनै व्यक्तिमा संक्रमण देखिएमा विभिन्न अस्पतालमा उपचारको आवश्यक व्यवस्था गरिएको उहाँले बताउनुभयो । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जनशक्ति बढाउने तयारी पनि सरकारले गरेको छ ।

सरकारको यो निर्णयले आगामी चैतमा हुने भनिएको सगरमाथा सम्बाद समेत प्रभावित हुने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस