आज :

ताजा समाचार

लिग कपको उपाधिमा सिटीको ह्याट्रिक, एस्टोन भिल्ला पराजित

  पुरुषोत्तम ढकाल    १९ फाल्गुन २०७६, सोमबार ०६:२८      66 Views

काठमाडौँ : लिग कपको उपाधिमा म्यानचेस्टर सिटीले ह्याट्रिक गरेको छ । आइतबार राति भएको खेलमा सिटीले एस्टोन भिल्लालाई दुई एकले हराउँदै सातौ पटक उपाधि उचाल्न सफल भयो ।
एनफिल्डमा साढे ८२ हजार दर्शकमाझ भएको खेलमा सिटीको जितमा सर्जियो अगुइरो र रोद्रि हेर्नान्डेजले एक एक गोल गरे । खेलको २० औं मिनेटमा अगुइरोले डि बक्स भित्र पाएको बललाई उत्कृष्ट फिनिस गरे । त्यसको दश मिनेटपछि अर्थात ३० औं मिनेटमा रोद्रिले सिटीले अन्तर दुई शून्यमा पुर्याए ।
तर ४१ औं मिनेटमा एस्टोन भिल्लाका म्ब्वाना समटाले गोल गर्दै सिटीको अन्तर दुई एकमा झारे । लिग कपको फाइनलमा गोल गर्ने उनी पाँचौ अफ्रिकन खेलाडी बनेका छन । यसअघि डिडियर ड्रोग्वा, जोसेफ जब, ओबाफेमी मार्टिन्स, याया टाउरेले गोल गरेका थिए ।
पहिलो हाफ दुई एकको अवस्थामा सकिएका बेला दोस्रो हाफमा दुबै टिमबाट पोष्टमा आक्रमण भएपछि गोल हुन सकने । जोन टेरी सहायक प्रशिक्षक रहेको एस्टोन भिल्लाले खेलमा फर्कने दुई मौका पाएको थियो तर सफल भए ।
यता पेप ग्वार्डियोलाको सिटीले दोस्रो हाफमा तीन उत्कृष्ट मौकालाई आत्मसाथ गर्न सकेन । तर पनि पहिलो हाफको दुई गोलले उसलाई लिगको उपाधि उचाल्न पर्याप्त बन्यो ।
यो सिजनको उपाधिसँगै उसले लिग कपमा ह्याट्रिक गरेको छ । यसका साथै सिटीले सर्वाधिक यो प्रतियोगिताको उपाधि जित्ने सूचीमा शीर्ष स्थानका रहेको लिभरपुलको अन्तर पनि एकमा झारेको छ । लिभरपुलले अहिलेसम्म आठ पटक यो प्रतियोगिताको उपाधि जितेको छ ।
लिभरपुल अन्तिमपटक सन् २०१२ मा उपाधि जित्न सफल भएको थियो भने २०१६ मा फाइनलमा सिटीसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • 1

    कोरोना सङै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

  • 2

    कतार र मलेसियाले क्वारेण्टीनमा बस्ने श्रमिकलाई पनि आधारभूत तलब र भत्ता दिने, यूएईले ल्यायो श्रमिक कटौतीको प्रावधान

  • 3

    स्वास्थ्यकर्मी र कर्मचारीको कोरोनाबाट मृत्यु भएमा १० लाख उपलब्ध गराउने

  • 4

    चीनका लागि उड्यो वाइडबडी जहाज, औषधी र उपकरण लिएर आजै राति नेपाल फर्कने

  • 5

    कार्यकर्तालाई प्रचण्डको अपिल– ‘कोरोनाविरुद्ध स्वयंसेवी बन्‍नुस्’

  • 6

    कोरोना कहरः इटालीमा एकैदिन ९ सय बढीको मृत्यु, संक्रमण नियन्त्रणमा हेलचेक्र्याई गरे भयावह अवस्था हुने विज्ञहरुको चेतावनी

  • 7

    अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो, हजारौँ भेन्टिलेटर बनाउन आदेश

  • 8

    लकडाउन’को पाँचौ दिन, उल्लघंन गर्ने दुई सय बढीलाई प्रहरीले नियन्त्रणमा लियो