आज :

ताजा समाचार

प्रचण्डलाई लक्षित गरी जुत्ता हान्‍ने माओवादीकै कार्यकर्ता भएको पुस्टि

  पुरुषोत्तम ढकाल    १८ फाल्गुन २०७६, आईतवार १७:२१      605 Views

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी राष्ट्रिय सभा गृहमा जुत्ता हान्‍ने युवक तत्कालीन माओवादीकै कार्यकर्ता भएको खुलेको छ।

उनी हाल नेत्रविक्रम चन्द विप्लवसँग आवद्ध रहेको खुलेको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालमाथि आफ्नै पूर्व कार्यकर्ताले जुत्ता प्रहार गरेको खुलेको हो।

आइतबार राष्ट्रिय सभा गृहमा जुत्ता हान्‍ने व्यक्ति जुम्ला निवासी रतन तिरुवा हुन्। उनी जनयुद्धको समयमा उनका बाबु माओवादीमै लागेका कारण मारिएका थिए।

नेकपाका अध्यक्ष प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भरतमोहन अधिकारी स्मृति फाउन्डेसन नेपालले राष्ट्रिय सभागृहमा गरेको ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभा’लाई सम्बोधन गरिरहेकै बेला प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको थिइ। दर्शक दीर्घाबाट जुत्ता प्रहार गरिएपछि तिरुवालाई तत्कालै प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ। उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस