आज :

ताजा समाचार

भक्तपुरकाे खरिपाटी स्थित क्वारेण्टाइनमा राखिएका सबैमा संक्रमण नभएको पुष्टि : भोलि घर पठाउने तयारी

  पुरुषोत्तम ढकाल    १८ फाल्गुन २०७६, आईतवार १७:०२      684 Views

काठमाण्डौ: चीनको वुहानबाट ल्याएर भक्तपुरकाे खरिपाटी क्वारेण्टाइनमा राखिएका १ सय ७५ जनामा नै कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।
भक्तपुरमा क्वारेण्टाइनमा राखिएका १ सय ७५ जनाको र्‍याल र रगतको दोस्रो पटक गरिएको नमूना परीक्षणमा कोरोना भाइरसको नेगेटिभ अर्थात भाइरसको संक्रमण नभएको पुष्टि भएको स्रोतले जनाएको छ । यसको आधिकारिक घोषणा भने हुन बाँकी छ ।
भोलि बिहानसम्म आधिकारिक घोषणा गरेर सबैलाई घर पठाउने तयारी छ । गएको ३ गतेदेखि विश्व स्वास्थ्यको मापदण्डअनुसार क्वारेन्टाइनमा राखेकाहरुको हिजो १४ दिन पुगेको छ । यसअघि गएको ४ गते उनीहरुको रगत र र्‍यालको परीक्षण गरिएको थियो ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको दुईहप्ता पछि दोस्रोपटक फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । व्यक्तिमा कोरोना संक्रमण भएको १४ दिनपछि लक्षण देखिने भएका कारण दोश्रोपटक स्वास्थ्य परीक्षण गरिएको थियो ।
गएको ४ गते विहान चीनको वुहानमा रहेका १७५ जना नेपाली विद्यार्थीलाई नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालेको थियो । त्यसपछि सिँधै उनीहरुलाई भक्तपुरको क्वारेन्टाईनमा लगेर राखिएको थियो ।


प्रतिक्रिया दिनुहोस