आज :

ताजा समाचार

ललिता निवास जग्गा प्रकरणः थप ५४ जनाको नाममा म्याद जारी

  पुरुषोत्तम ढकाल    १२ फाल्गुन २०७६, सोमबार ०७:२३      407 Views

काठमाडौँ : विशेष अदालतले बालुवाटार जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वमन्त्रीसहित ५४ जनाको नाममा अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ ।

९ फागुनसम्म अदालतले ३४ जना प्रतिवादीलाई उपस्थित हुन म्याद जारी गरेकामा हिजो थप २० जनाको नाममा १५ दिनभित्र अदालतमा उपस्थितिकमा लागि म्याद जारी भएको विशेष अदालतका सूचना अधिकारी तथा उप–रजिस्टार इन्द्रकुमार खड्काले बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको १ सय ७५ जनामध्ये ९ फागुनसम्म ३४ जनालाई म्याद पठाइएको विशेष अदालतका उप–रजिस्ट्रार खड्काले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस