आज :

ताजा समाचार

बर्थ डे मनाउन प्रधानमन्त्री ओली आज तेह्रथुम जाँदै

  पुरुषोत्तम ढकाल    ११ फाल्गुन २०७६, आईतवार ०७:३४      826 Views

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्म दिवस मनाउन तेह्रथुम जान लाग्नुभएको छ । आज प्रधानमन्त्री ओलीको ६९ औं जन्म दिन हो । यसअगाडि काठमाडौंमै जन्म दिन मनाउँदै आउनुभएको थियो । तर, यसपटक पुर्खौली घर तेह्रथुमको आठराई गाउँपालिका–४ (साविकको इवा गाविस–२) तीनसल्ले खानीगाउँ जाने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री ओली तीनसल्लेमै जन्मनुभएको थियो भने बाल्यकाल पनि त्यही बितेको थियो । पछि झापा बसाइ सर्नुभएका ओलीको अहिले भने भक्तपुरमा बसोबास रहिआएको छ ।

प्रधानमन्त्री ओली आज तेह्रथुम जाने भएपछि जन्मदिनको अवसर पारेर हिजो नै उहाले लेख्नुभएको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस